हेलिकप्टरबाट सप्तरीको कंकालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि

हेलिकप्टरबाट सप्तरीको कंकालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि


काठमाडौँ- नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा आज महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा पुष्प वृष्टि गरिएको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा नेपाली सेनाको हेलिकप्टरमार्फत पुष्प वृष्टि गरिएको हो ।

विगत तीन वर्षदेखि महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पुष्प वृष्टि गराउन थालिएको छ ।

कंकालिनी मन्दिरमा महानवमीका दिन आज यहाँ राँगा बलि दिने चलन छ । राँगा बलिका लागि हालसम्म ५९० पुगेको मन्दिर विकास समितिले जनाएको छ । आज यहाँ पनि ठूलो मेलासमेत लागेको छ ।

त्यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका-३ स्थित सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिरमा समेत आज पुष्प वृष्टि गरिएको छ । गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए  ।