फ्रान्समा राजनीतिक भूकम्प: प्रधानमन्त्री लेकोर्नुको २६ दिनमै राजीनामा

फ्रान्समा राजनीतिक भूकम्प: प्रधानमन्त्री लेकोर्नुको २६ दिनमै राजीनामा


पेरिस। फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले पद सम्हालेको २६ दिनमै राजीनामा दिएर सबैलाई स्तब्ध पारेका छन्। आइतबार साँझ नयाँ मन्त्रिपरिषद् घोषणा गरेको १२ घण्टापछि उनले सोमबार राजीनामा दिए। राष्ट्रपति इमानुएल म्याक्रोनले राजीनामा स्वीकृत गरे पनि फ्रान्सको राजनीति थप संकटमा फसेको छ।

३९ वर्षीय लेकोर्नु, म्याक्रोनका निकट सहयोगी, सेप्टेम्बर ९ मा प्रधानमन्त्री बनेका थिए। उनको मुख्य जिम्मेवारी कठोर बजेट पारित गरी सरकारी खर्च नियन्त्रण गर्नु थियो। तर, संसद्मा कुनै दलको बहुमत नहुँदा यो सम्भव भएन। १३ महिनामा उनी फ्रान्सका चौथो प्रधानमन्त्री थिए।

नयाँ मन्त्रिपरिषद्ले विपक्षी दलहरूलाई रिस उठायो। पुराना मन्त्रीहरूलाई कायम राखिएको भन्दै उग्र दक्षिणपन्थी नेत्री मरिन ले पेन र वामपन्थी नेताहरूले आलोचना गरे। ले पेनले म्याक्रोनको राजीनामा र नयाँ चुनाव माग गरेकी छन्, तर म्याक्रोनले २०२७ सम्म पद नछाड्ने अडान लिएका छन्।

२०२४ को निर्वाचनपछि संसद् वामपन्थी, दक्षिणपन्थी र म्याक्रोनको केन्द्र(दक्षिणपन्थी गठबन्धनमा विभाजित छ। कुनै दलको बहुमत नहुँदा बजेट र नीति पारित गर्न असफलता भएको छ। फ्रान्सको ३।३ ट्रिलियन युरोको ऋण नियन्त्रणमा चुनौती छ।

म्याक्रोनका सामु तीन कठिन विकल्प छन्स् नयाँ प्रधानमन्त्री नियुक्ति, संसद् भंग गरी चुनाव, वा आफ्नै राजीनामा। विशेषज्ञहरूले ‘टेक्नोक्र्याट’ प्रधानमन्त्री सुझाएका छन्, तर नयाँ चुनावले दक्षिणपन्थी सत्तामा आउने जोखिम छ। म्याक्रोनले लेकोर्नुलाई बुधबारसम्म दलहरूसँग वार्ता गर्न जिम्मा दिएका छन्।

यो संकटले फ्रान्सको अर्थतन्त्रमा पनि असर पारेको छ। स्टक मार्केट र युरोको मूल्यमा गिरावट आएको छ। लेकोर्नुको राजीनामाले फ्रान्सको राजनीतिक अस्थिरता गहिरिएको छ, र अबको केही दिनले देशको भविष्य निर्धारण गर्नेछ।बिबिसी