राष्ट्रपति पौडेल अस्वस्थ, अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्वस्थ, अस्पताल भर्ना


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

शनिबार जेन जेड प्रतिनिधिहरूसँग छलफल राखेका उनी अस्वस्थ भएपछि छलफल दुई दिन सारेर अस्पताल गएका हुन् ।

पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । अस्पताल स्रोतका अनुसार उनी ११:३७ बजे अस्पतालमा पुगेका थिए । अहिले उनको स्वास्थ्य परीक्षण हुँदै छ ।