पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर, ८ करोड बिगो दाबी

पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर, ८ करोड बिगो दाबी


काठमाडौँ । सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

उनी विरुद्ध भन्सार छलेको र संगठित अपराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ जनएको छ ।

महरालाई सुन तस्करीको अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । बयान र थुनछेक मंगलबार मात्र हुनेछ ।