‘केन्द्रीय समितिमा बहुमत हुँदा पनि देउवाले हामीमाथि आगामी परीक्षा सुम्पिनुभयो’ : विश्वप्रकाश शर्मा

‘केन्द्रीय समितिमा बहुमत हुँदा पनि देउवाले हामीमाथि आगामी परीक्षा सुम्पिनुभयो’ : विश्वप्रकाश शर्मा


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा आफ्नो बहुमत हुँदा पनि समयको माग अनुसार कार्यवाहक दिन तयार भएको बताएका छन्।

देउवाले समयको स्वरलाई सम्बोधन गरेर आगामी परीक्षा सुम्पिएर पार्टीबाट गएको उनको भनाइ छ।

उनले भनेका छन्, ‘कार्यसमितिमा बहुमत थियो र छँदै छ तर दिनुभयो कार्यवाहक र जानुभयो हामी सबैलाई आगामी यात्राको परीक्षा सुम्पिएर समयको स्वरलाई सम्बोधनको यो कर्मप्रति हृदयदेखि सम्मान, यो कर्मको मर्म आत्मसात् गर्दै अब नयाँ ढंगले जुट्नु छ।’

इतिहासमा आर्जित विश्वसनीयता पुनः पुष्टि गर्ने दायित्व अब संयम र एकतासाथ सम्हाल्ने परिपक्वता सबैले राख्नुपर्ने बताए। आफैँमाथि आक्रमण हुँदा पनि जेनजी प्रदर्शनको जायज मागलाई सम्बोधन गर्नुपर्छ भनेर कुनै आवेगबेगर आफ्नो धारणा राखेको पनि बताए।

उनले अगाडि लेखेका छन्, ‘आफैँ भौतिक आक्रमणमा परेर पनि कुनै आवेग बेगर हार्दिक रूपमा यी शब्द लिखितम् सहित बोल्नुभयो उहाँले आग्रह गर्नुभयो( व्यक्तिगत या समूहगत मतभेदभन्दा माथि उठेर अबको बाटो पहिल्याइनुपर्छ।’