काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा नक्साबिना बनाइएका अवैध संरचनामा डोजर चलाएको छ ।महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा डोजर चलाइएको हो ।
महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले गुठीसँग समन्वय गरेर डोजर चलाइएको बताए । गुठीसँग समन्वय गरेर भत्काएका छौँ । त्यहाँ बनेका संरचना अवैध हुन् । नक्साविना बनेका थिए,उनले भने ।
महानगरले लामो समयदेखि आफ्नो क्षेत्रभित्र पर्ने अवैध घरटहरामा डोजर चलाउँदै आएको छ

प्रतिक्रिया