हेलिकप्टरबाट महिलाको उद्धार

हेलिकप्टरबाट महिलाको उद्धार


म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-६ मराङबाट आज प्रसूति व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार । मराङ स्वास्थ्य चौकीमा प्रसूति व्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा पुर्‍याएको हो ।

गण्डकी प्रदेश सरकारले विकट क्षेत्रमा जटिल अवस्थाका सुत्केरी र गर्भवतीको उद्धारका लागि नि:शुल्क हवाई उद्धार गर्दै आएको छ ।