नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा


काठमाडौँ । सुक्खा पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार साँझ सवा ५ बजे चितवनको इच्छाकामना-६ जलबिरे नजिकै पहिरो खसेको थियो ।

पहिरो पन्छाउने काम सकिएसँगै साँझ सवा ६ बजेदेखि सडक दुई तर्फी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।