बलिउड अभिनेता गोविन्दा मुम्बईको क्रिटिकल केयर अस्पतालमा भर्ना

बलिउड अभिनेता गोविन्दा मुम्बईको क्रिटिकल केयर अस्पतालमा भर्ना


बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई मुम्बईको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको छ। गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलले उनी अस्पताल भर्ना भएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। ललितले भने, गोविन्दा मंगलबार राति ८:३० बजे आफ्नो घरमा अचानक बेहोस भए।

सुरुमा उनलाई डाक्टरको सल्लाह अनुसार औषधि दिइएको थियो, तर अवस्था बिग्रिँदै गएपछि उनलाई गएराति १ बजे जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको हो। ललितका अनुसार, गोविन्दाको हाल स्वास्थ्य परीक्षण भइरहेको छ। उनले गोविन्दाको स्वास्थ्य हाल स्थिर रहेको र परीक्षणको नतिजाका आधारमा डाक्टरहरूले उनको उपचार निर्धारण गर्ने बताए।