काठमाडौँ । समाजसेवी तथा ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनद्वारा लिखित जीवन–अनुभवमा आधारित पुस्तक “संघर्षमय जीवन” आज एक औपचारिक कार्यक्रममार्फत श्रव्य–रूपमा सार्वजनिक गरिएको छ। पुस्तकको लोकार्पण लेखक टण्डनले मोबाइलको स्विच थिचेर प्रतीकात्मक रूपमा सम्पन्न गर्नुभयो।
करिब ४ घण्टा ४४ मिनेट लामो यस श्रव्य–पुस्तकलाई इन्जिनियर सागर भुसालले आफ्नो सुमधुर आवाजमा रेकर्ड गरेर तयार गर्नुभएको हो। डिजिटल युगमा पुस्तक पढ्न समय नपाउनेहरूका लागि श्रव्य–पुस्तक उपयोगी माध्यम बन्ने विश्वास उनले व्यक्त गरे।
लेखक टण्डनका अनुसार आफूले जीवनभर भोगेका र सिकेका सन्देशपूर्ण अनुभवहरू अरूसँग बाँड्नुपर्छ भन्ने सोचका साथ पुस्तक सार्वजनिक गरिएको हो। “राम्रो कुरा संगै लिएर जानुभन्दा सबैमा बाँड्नु उपयुक्त हुन्छ,” उनले भने।
कार्यक्रममा वक्ता तोयनाथ पौडेलले अन्य पुस्तकहरूलाई पनि क्रमिक रूपमा श्रव्य–रूपमै प्रकाशित गर्दै लैजाने जानकारी दिए।

प्रतिक्रिया