जबर्जस्तीकरणी मुद्दामा १५ वर्ष सजाय तोकिएका प्रतिवादी १३ वर्षपछि पक्राउ

जबर्जस्तीकरणी मुद्दामा १५ वर्ष सजाय तोकिएका प्रतिवादी १३ वर्षपछि पक्राउ


स्याङ्जा। जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका–१४ साबिक पुतलीबजार नगरपालिका–८० पिपलडाली बस्ने ५७ वर्षीय मेगबहादुर भुजेललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

भुजेलमाथि सोही नगरपालिका–१४ स्थित वनमा ११ वर्षीया बालिकालाई २०६९ भदौ २७ गते जबर्जस्तीकरणीको घटनामा जिल्ला अदालत स्याङ्जाले २०७३ मा १५ वर्ष कैद सजाय सुनाएको थियो ।

तर, सोही समयदेखि फरार भुजेललाई प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

भुजेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेस गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।