काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को इलिमिनेटरमा काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर एक बलमा १११ रनमा अलआउट भयो ।
काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलम १८-१८, वेन चार्ल्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए । शाहव आलम ४ रनमा अविजित रहे ।
बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३-३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।

प्रतिक्रिया