काठमाडौँ। एमाले महाधिवेशन लक्षित गर्दै सरकारले नागढुंगा-मलेखु सडक खण्ड विस्तार २ दिन रोक्ने भएको छ ।
२६ र २७ मंसिरमा राजमार्ग पूर्ण सञ्चालन गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले जानकारी दिएको छ ।
यसअघि राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षितिज थेबेसहित टोलीले मन्त्री घिसिङलाई भेट्दै राजमार्ग सञ्चालन निरन्तर राख्न आग्रह गरेको थियो ।
सोही बमोजिम २६ र २७ मंसिरमा काठमाडौं प्रवेश गर्ने यो राजमार्ग पूर्णरूपमा सञ्चालन गर्ने निर्णय भएको हो । सडक विभागले यो सडक खण्ड आजबाट एक साताका लागि आंशिक बन्द गरी विस्तार थालेको थियो ।
सडक कालोपत्र गरी स्तरोन्नति गर्ने काम तीव्र बनाउन आयोजनाले १ पुससम्म दैनिक ५ घण्टा बाटो बन्द गर्न थालेको छ । नागढुंगादेखि पिप्लामोडसम्म र पोखरे भिर क्षेत्रमा बिहान १०:३० देखि अपराह्न ३:३० सम्म सडक बन्द गरी काम तीव्र बनाइएको छ ।

प्रतिक्रिया