प्रतिनिधि सभा निर्वाचनका लागि सशस्त्रले बनायो १७ बुँदे ‘परिचालन नीति

प्रतिनिधि सभा निर्वाचनका लागि सशस्त्रले बनायो १७ बुँदे ‘परिचालन नीति


काठमाडौँ । सशस्त्र प्रहरी बलले प्रतिनिधि सभा निर्वाचनका लागि ‘परिचालन नीति‘ तय गरेको छ ।

सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले आगामी फागनु २१ गते हुने निर्वाचनका लागि १७ बुँदे ‘परिचालन नीति‘ तर्जुमा गरिएको प्रशासनसँग भने ।

उनले निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन तोकिएको जिम्मेवारी त्रुटिरहित ढंगले निर्वाह गर्न नीति तय गरिएको बताए ।