गभर्नर पौडेललाई बर्खास्त गर्न माग गर्दै जेन जेड युनाइटेडद्वारा अर्थ मन्त्रीसमक्ष ज्ञापन पत्र पेश

गभर्नर पौडेललाई बर्खास्त गर्न माग गर्दै जेन जेड युनाइटेडद्वारा अर्थ मन्त्रीसमक्ष ज्ञापन पत्र पेश


काठमाडौँ। जेन जेड युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापन पत्र बुझाएको छ । आइतबार बिहान अर्थ मन्त्रालयमा जेन जेड युनाइटेडका संयोजक जनक परियारले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा नेपाल राष्ट्र बैंक ऐनलाई लत्त्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको डिजाइनमा गभर्नर नियुक्त गरेको दाबी गरिएको छ ।

त्यस्तै, सरकारले गठन गरेको सिफारिस समितिले अख्तियारीको दुरुपयोग गर्दै पौडेललाई सिफारिस गरेको बताउँदै संयोजक परियारले पौडेललाई हटाएर ऐनअनुसार नयाँ गभर्नर नियुक्त गर्न माग गरिएको छ ।

‘सरकारले २०५८ (प्रथम संशोधन २०६३) को दफा १५ को उपदफा २ को (क) (ख) र (ग) बमोजिम नेपाल सरकारबाट गठित सिफारिस समितिले उपदफा ३ बमोजिम गभर्नर नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नामावली नेपाल सरकार मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ भनिएको छ । तर, उक्त व्यवस्थाको विरुद्ध डा। विश्वनाथ पौडेललाई सिफारिस गरियो’ ज्ञापन पत्रमा उल्लेख छ ।

Open photo
Open photo