आइसिसी टी-२० विश्वकपको ट्रफी नेपालमा पनि ल्याइने

आइसिसी टी-२० विश्वकपको ट्रफी नेपालमा पनि ल्याइने


काठमाडौँ। भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनि ल्याइने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको हो । आइसिसीका अनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलंका, नेपाल, कतार, ओमान, बहराइन र मंगोलियामा लगिने छ ।

नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्दै छ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बंगलादेश र इटाली रहेको छ ।

नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्नेछ ।