अभिनेता पल शाह र अनिता गिरी अभिनीत ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। भिडियोमा अभिनेता पल र अनिता रोमान्टिक जोडीको रूपमा देखिएका छन् ।
एकअर्काबिचको मायामा गढिएका युवायुवतीको कथामा गीतको भिडियो निर्माण गरिएको छ। गीतको भिडियोलाई चर्चित कोरियोग्राफर तथा निर्देशक बिक्रम चौहानले गरेका हुन्।
गायक धुब्र बिक र गायिका मनिषा सुनारले गाएको यस गीतमा शब्द सङ्गीत ज्ञानेन्द्र गिरीको छ। गीतको एरेन्ज,मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन्।
यसअघि अनिता गिरीले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। उनको पहिलो म्युजिक भिडियो भने ‘बैगुनीले गएको थियो छोडेर’रहेको छ। उनी म्युजिक भिडियोमा मात्र सीमित रहेकी छैनन्। उनले आधा दर्जन भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया