‘फ्राइडे रिलिज’ अन्तर्गत आज शुक्रबारदेखि नेपाली सामाजिक ड्रामा ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ ।
हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा डेब्यु फिल्म ‘झरीपछिको इन्द्रेणी’ एक पारिवारिक तथा सामाजिक ड्रामा हो, जसले सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक सङ्घर्षको कथालाई समेटेको छ ।
यस फिल्ममार्फत अभिनेता गणेश उप्रेती ९ वर्षपछि नेपाली रजतपटमा फर्किएका छन् भने रमेश उप्रेती ७ वर्षपछि । फिल्मको गणेश ट्रेलरमा गणेशलाई एक परिपक्व र सङ्घर्षशील अभिभावकको रूपमा देखाइएको छ ।
फिल्ममा गणेश र रमेशको अलवा दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे र प्रियना आचार्यको अभिनय छ । फिल्म मार्फत नवकलाकार बिमोञ्चम दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । नागराज इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस फिल्मकी निर्माता अनिसा सेन्दाङ लिम्बु हुन् ।

प्रतिक्रिया