सेयर कारोबारी दीपेन्द्र अग्रवाल पुनः पक्राउ

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पुनः पक्राउ


काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले फेरि पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई शुक्रबार काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरेको हो ।

यसअघि पनि उनी साउनमा पक्राउ परेर छुटेका थिए । धितोपत्रसम्बन्धी ऐनअन्तर्गत उनलाई पक्राउ गरिएको हो ।