को को परे ४० उत्कृष्ट कर्मचारीमा ?

को को परे ४० उत्कृष्ट कर्मचारीमा ?


काठमाडौं ।

सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ ।

निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने जनाईएको छ ।