पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?

पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?


काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ। जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको छ ।

आज दिउँसो देशका तराई भू-भागमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राति देशका तराई भू-भागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।