बालाजुमा ट्रायल सेन्टर थप्ने प्रक्रिया स्थगित

बालाजुमा ट्रायल सेन्टर थप्ने प्रक्रिया स्थगित


काठमाडौँ। बागमती सरकारले नयाँ ट्रायल सेन्टर थप्न गरिरहेको तयारीमा रोक लगाइएको छ । प्रदेश सरकारले बनेपा, बालाजु र कोटेश्वरमा नयाँ ट्रायल सेन्टर खोल्न काम अघि बढाएको थियो ।

बनेपामा सञ्चालनको अन्तिम तयारीमा अदालतले रोकिदिएको छ भने बालाजुमा नयाँ ट्रायल सेन्टर सञ्चालनको लागि सूचना निकालिएको थियो ।

प्रदेशको सार्वजनिक लेखा समितिले सुशासनयुक्त बनाउन र आर्थिक मितव्ययिता कायम गर्न भन्दै रोक लगाएको हो ।

आवश्यकता र औचित्यबिना कार्यालय थप्ने, पुरानो कामको समीक्षा नगरी नयाँ कार्यालय खडा गरेर ट्रायल सेन्टर खोल्नेजस्ता कार्यले व्ययभार बढेको निष्कर्षसहित लेखा समितिले निर्देशन दिएको थियो ।

समितिको निर्देशनपछि श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले बालाजुमा नयाँ ट्रायल सेन्टर खोल्नका लागि निकालिएको टेन्डर स्थगित गर्न निर्देशन दिएका छन् । उनले २०८२ मंसिर २६ गते प्रकाशित ट्रायल छनौटसम्बन्धी सूचना तत्काल स्थगनको निर्देशन दिएका हुन् ।