क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ, प्रतिबन्धित आर्थिक कारोबारको आरोप

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ, प्रतिबन्धित आर्थिक कारोबारको आरोप


काठमाडौँ। क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार फरार अवस्थामा रहेका उनलाई परिसरको टोलीले काठमाडौँबाटै नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने सञ्चालक ७५ वर्षीय चन मन चियाङ हुन् ।

ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालित क्यासिनो वाल्डोमा इभेन्ट नै आयोजना गरी तासमा चिप्स र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी हुने गरेको खुलासा केही दिनअघि प्रहरीले गरेको थियो । उक्त आरोपमा सुरेश माहाजन, दिनेश बर्मा, विक्रम सिंह , प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे पक्राउ परेका थिए ।

क्यासिनोका नेपाली सञ्चालक सञ्चालक विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार रहेको बताएको प्रहरीले आज चिनियाँ लगानीकर्ता पक्राउ परेका हुन् । उनी उक्त क्यासिनोका मुख्य सञ्चालक रहेको प्रहरीले जनाएको छ ।