स्वर्गीय राजा वीरेन्द्रको ८१औँ जन्म जयन्ती मनाइयो

स्वर्गीय राजा वीरेन्द्रको ८१औँ जन्म जयन्ती मनाइयो


काठमाडौँ । स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठानसहित विभिन्न संघसंस्थाको आयोजनामा सोमबार राजा वीरेन्द्रको ८१ औँ जन्म जयन्ती मनाइएको छ।

जावलाखेलस्थित वीरेन्द्रको सालिक तथा तस्बिरमा माल्यार्पण गरी जन्म जयन्ती मनाइएको हो । त्यसअवसरमा वीरेन्द्रको योगदानको चर्चासमेत गरिएको थियो ।

राजा वीरेन्द्र शाह वंशीय राजामध्येका देशभक्त र जनप्रिय राजा मानिन्छन् । दशौं शाहवंशीय राजा वीरेन्द्रले २०२८ देखि २०५८ जेठ १८ गतेसम्म शासन गरेका थिए । उनको प्रारम्भिक शिक्षा दरबारमै भयो । माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि बेलायतको इटन कलेजमा पढे । पछि जापान तथा अमेरिकामा पनि उनले थप अध्ययन गरे । वीरेन्द्रको बिहे २०२२ सालमा ऐश्वर्यसँग भएको थियो ।

वि.सं. २००२ साल पुस १४ गते जन्मिएका वीरेन्द्रको २०५८ जेठ १९ गते नारायणहिटीमा हत्या भएको थियो ।