झरीपछिको इन्द्रेणी हेर्न श्रीमती र रास्वपा नेतासहित हलमा पुगे रवि लामिछाने

झरीपछिको इन्द्रेणी हेर्न श्रीमती र रास्वपा नेतासहित हलमा पुगे रवि लामिछाने


अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र झरीपछिको इन्द्रेणी हेर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने हलमा पुगेका छन् ।

मंगलबार उनी श्रीमती निकिता र रास्वपा नेतासहित चलचित्र हेर्न हलमा पुगेका हुन् । चलचित्रमा सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक सङ्घर्षको कथा छ ।

चलचित्रमा गणेशका अलावा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय छ ।

अनिसा सेन्दाङ लिम्बू निर्माता रहेको फिल्मको सहनिर्मातामा अनु थापा, पंकज खड्का, राम कार्की, श्रीजना खड्का र सुवास शर्मा छन् । चलचित्र पुस ४ गतेबाट देशभर प्रदर्शनमा आएको हो ।