कुमारी बैंकको एटिएम तोडफोड गरेको आरोपमा २ जना पक्राउ​

कुमारी बैंकको एटिएम तोडफोड गरेको आरोपमा २ जना पक्राउ​


काठमाडौँ । कुमारी बैंकको एटिएम मेशिन तोडफोड गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका ३ माल्टा घर भई ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई ललितपुर २३ धापाखेल बस्ने १८ वर्षीय सुनिल विक छन् ।​ कुमारी बैंकको एटिएम मशिन तोडफोड भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ​चापागाउँ दोबाटोबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिइ आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।​