काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका दुर्गा प्रसाईँले आफूविरुद्धका सबै मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रधानमन्त्रीसहितको उपस्थितिमा भएको वार्तामा प्रसाईँले १५ चैतको घटनाका बारेमा आफूलाई चलाइएका मुद्दा र अन्य मुद्दाहरू समेत फिर्ता गर्न माग राखेका हुन् ।
आफ्ना मुद्दा फिर्ता गर्न माग राखेका प्रसाईँले २४ भदौको घटनामा जेन जेडहरुलाई पक्राउ गर्दै मुद्दा चलाइएका त्यो पनि फिर्ता गर्नुपर्ने माग वार्तामा राखेका छन् ।
त्यसैगरी कसैलाई पनि कालोसूचीमा नराख्न प्रसाईँले माग गरेका छन् । ‘अब यो सरकारसँग धेरै माग त के राख्नु, जोगीसँग हात्ती मागेजस्तो हुन्छ । मुद्दा फिर्ता लिनुस्, कसैलाई पनि कालोसूचीमा नराख्नुस्’ प्रसाईँले वार्तामा राखेको मागबारे स्रोतले जानकारी गरायो ।

प्रतिक्रिया