काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जेड आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गरेकी छन्।
शुक्रबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी सर्वोच्च अदालत पुगेकी हुन्। उनले जेन जेड आन्दोलनमा जलेको सर्वोच्च अदालतको अवलोकन गरेकी छन्। उनले डेढ घण्टा सर्वोच्च अदालतमा बिताइन्।
त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसँग भेटवार्ता गरेकी छन्। सुरुवातमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीशहरूसँग भण्डारीले कुराकानी गरेकी थिइन्।
त्यसपछि पूर्वराष्ट्रपति भण्डारी र प्रधान न्यायाधीश राउतबीच मात्रै कुराकानी भएको थियो।
पूर्वराष्ट्रपति भण्डारीलाई मुख्य रजिस्ट्रार बिमल पौडेलले सर्वोच्च अदालतको अवलोकन गराएका थिए। जेन जेड आन्दोलनमा भएको क्षतिका विषयमा मुख्य रजिस्ट्रार पौडेलले जानकारी गराएका थिए।
जेन जेड आन्दोलनमा जलेको सर्वोच्च अदालतको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले दुःख लागेको बताइन्।
उनले सर्वोच्च अदालतको तत्काल पुनर्निर्माण गर्नुपर्नेमा जोड दिइन्। केही साताअघि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरवार र संसद् भवनको पनि अवलोकन गरेकी थिइन्।

प्रतिक्रिया