ताप्लेजुङको फलैँचा आसपास केन्द्रबिन्दु भएर भूकम्प

ताप्लेजुङको फलैँचा आसपास केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौँ । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६:१३ मिनेट जाँदा ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रबिन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।