काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावको लागि मतपत्र छपाइ सुरु भएको छ ।
जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ सुरु भएको छ । १० लाख मतपत्र छपाइ हुनेछ ।
समानुपातिकको मतपत्र छपाइ पर्सि २४ गतेबाट हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार करिब २ करोड ८ लाख समानुपातिक मतपत्र छपाइ हुनेछ ।
समानुपातिकतर्फको लागि ६४ वटा दलले बन्द सूची बुझाएका छन् । यसमध्ये १० वटा दलले एकल चुनाव चिन्हमा चुनाव लड्दै छन् । यसकारण समानुपातिकको मतपत्रमा ५८ वटा निर्वाचन चिन्ह हुनेछ ।

प्रतिक्रिया