मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ३ जना घाइते

मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ३ जना घाइते


काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ तपाहा लाइनस्थित सडकमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहीबार दिउँसो लु.६१ प ५८७८ नम्बरको मोटरसाइकल र लु.६८ प ५२३६ नम्बरको मोटरसाइकल ठोक्किए दुर्घटनामा परेको हो ।

दुर्घटनामा लु.६८ प ५२३६ नम्बरको मोटरसाइकल चालक सैनामैना नगरपालिका-१ सादभोद्र बस्ने २८ वर्षीय जीवन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका लु.६१ प ५८७८ नम्बरको मोटरसाइकलमा सवार २ जना र लु.६८ प ५२३६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।