काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी पत्नी अञ्जना केसीले पार्टी परिवर्तनको पक्षमा थापा एक्लो नभएको लेखेकी छिन् । विशेष महाधिवेशन उद्घाटन भएपछि केसीले सामाजिक सञ्जालमा लेख्दै यो अभियानमा भोलिका राम्रो नेपाल देख्न चाहने असंख्यको साथ रहेको उल्लेख गरेकी हुन् ।
‘मलाई थाहा छ, दाउ धेरै ठूलो छ र तपाईंले लिइरहनुभएको जोखिमको गहिराइ म बुझ्छु । तर कृपया यो कुरा मनमा राख्नुस्– तपाईं एक्लो हुनुहुन्न । तपाईंका साथमा भोलिको राम्रो नेपाल देख्न चाहने असंख्य मानिसहरूको आशा र समर्थन छ,’ केसीले लेखेकी छिन् ।
ुआज तपाईंले देखाउनुभएको साहस, र जनताले तपाईंमाथि राखेको प्रेम र विश्वास व्यर्थ जाने छैन । यो क्षण महत्त्वपूर्ण छ । तपाईंको आवाज महत्त्वपूर्ण छ । र परिवर्तनप्रतिको तपाईंको प्रतिबद्धता पनि अत्यन्त महत्त्वपूर्ण छ । म तपाईंमाथि गर्व गर्छु’, अञ्जनाले लेखेकी छन् ।

प्रतिक्रिया