बालेनको साथी सिटौलालाई अछामबाट सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौ

बालेनको साथी सिटौलालाई अछामबाट सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सिटौलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए ।‘ सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं’ बुढाले अनलाइनखबरसँग भने । उनी काठमाडौंदेखि नै बालेनसँगै चुनावी अभियानमा गएका थिए ।