निर्वाचनका लागि धमाधम बन्दैछन् मतदानस्थल

निर्वाचनका लागि धमाधम बन्दैछन् मतदानस्थल


झापा। भोलि बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका मतदान केन्द्रमा धमाधम तयारी थालिएको छ। यसै क्रममा झापा- २ का विभिन्न निर्धारित स्थानमा पनि मतदान स्थलहरू बनाउने काम धमाधम थालिएको छ।

झापा- २ यसपटक रोचक चुनावी मैदान बनेको छ। यस क्षेत्रमा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेकपा एमालेबाट, उपसभामुख इन्दिरा राना रास्वपाबाट र पूर्वसांसद सरिता प्रसाइँ नेपाली कांग्रेसबाट चुनावी प्रतिस्पर्धामा छन्।

त्यसैगरी माओवादी नेतृ धर्मशीला चापागाईं नेकपाबाट तथा २०७९ मा स्वतन्त्र उम्मेदवार बनेर दोस्रो भएका भद्रप्रसाद नेपाल (स्वागत नेपाल) यसपटक राप्रपाबाट मैदानमा उत्रिएका छन्।