मोरङ ३ अपडेट : माटोको अग्रता कायमै
विराटनगर । मोरङको क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका अमिर मगरले अग्रता कायमै राखेका छन् । निर्वाचन कार्यालयले जारी गरेको दोस्रो परिणाम अनुसार श्रम संस्कृति पार्टीका मगरले ५०९ मत प्राप्त गरेका छन् ।
उनलाई काँग्रेसका सुनिल शर्माले ३२८ मतका साथ पछ्याइरहेका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले भने २८३ मत पाएका छन् ।
यस्तै एमालेले सो क्षेत्रमा ६७ मत पाउँदा नेकपाले १३, राप्रपाले ३, मंगोल नेशनल अर्गनाइजेसनले ७, उज्यालो नेपाल पार्टीले ५ मत प्राप्त गरेको छ ।
डडेल्धुरामा मतगणना बिहान ११ बजेदेखि सुरु हुने
डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा मतगणना प्रक्रिया, व्यवस्थापन तथा सुरक्षाका विषयमा छलफल गर्दै बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरिएको मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइरालाले जानकारी दिए।
मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत भवनमा गरिने जनाएको छ।
दार्चुलामा चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी
दार्चुला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलाका दुर्गम क्षेत्रमा रहेका केही मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम खलंगा ल्याउने काम भइरहेको छ।
अपिहिमाल गाउँपालिकाका सितोला, पाथा, सिती र क्षेत्ती मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरी खलंगा ल्याइँदै छ। त्यस्तै, नागु क्षेत्रको मतपेटिका पनि खलंगा ल्याउने क्रममा रहेको जनाइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगेपछि सर्वदलीय बैठक बस्नेछ। बैठकपछि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
अन्तिम नतिजा नआएसम्म निराश नहुन हर्क साम्पाङको आग्रह
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले निर्वाचनको अन्तिम नतिजा नआइन्जेल निराश नहुन आग्रह गरेका छन् ।
मतगणना भइरहेको अधिकांश क्षेत्रमा रास्वपा अगाडी देखिएपछि अध्यक्ष राईले निर्वाचनको मतगणना आइरहँदा उनले रमाइहाल्ने र निराश भइहाल्न नहुने बताएका हुन् । उनी सुनसरी क्षेत्र नम्बर १ मा उम्मेदवार छन् ।
मकवानपुरमा १०ः३० बजेबाट मतगणना सुरु हुने
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ र २ को मतगणना बिहान १०ः३० देखि सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार बिहान ७ बजेदेखि सुरु भएको सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु हुने भएको हो ।
मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना स्थल भुटानदेवी माविलाई तोकिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार हेटौडा ४ स्थित भुटनदेवी माविको दुईवटा ब्लकमा मतगणना गर्ने गरी तयारी गरिएको हो।
२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा बिहीबार सम्पन्न मतदानमा ५९ प्रतिशतको हाराहारीमा मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार जिल्लाको कुल मतदाता सङ्ख्या ३ लाख १५ हजार ३३४ रहेकोमा १ लाख ८६ हजार ५५१ मत खसेको हो।
धादिङ-१ मा ‘घण्टी’ की आशिका तामाङको अग्रता
facebook sharing buttontwitter sharing buttonlinkedin sharing buttonsharethis sharing button
धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गल्छी गाउँपालिकाको वडा नम्बर २ र ५ को मतगणना सम्पन्न हुँदा ‘घण्टी’ चुनाव चिह्नकी उम्मेदवार आशिका तामाङले अग्रता कायम गरेकी छन् ।
पछिल्लो मतपरिणाम अनुसार तामाङले १ हजार २ सय २८ मत प्राप्त गर्दै पहिलो स्थान ओगटेकी हुन् ।
उनलाई ‘सूर्य’ चुनाव चिह्नका उम्मेदवार भूमि त्रिपाठीले ९ सय १४ मतका साथ पछ्याइरहेका छन् । पहिलो र दोस्रो स्थानमा रहेका तामाङ र त्रिपाठीबीच ३ सय १४ मतको अन्तर रहेको छ ।
म्याग्दीमा नेकपाको सुरुवाती अग्रता, महावीर पुन पछि परे
पोखरा । म्याग्दीको मतगणना सुरु भएको छ । धवलागिरी गाउँपालिका-१ बाट सुरु भएको गणना अनुसार प्रारम्भिक चरणमा नेपाली कम्युनिष्ट पार्टीले अग्रता लिएको हो ।
नेकपाका अर्जुन थापाले २ सय १ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार महावीर पुन ६१ मत सहित दोस्रो स्थानमा छन् । यहाँ नेपाली काँग्रेसका केवि भण्डारीले ३७ र नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत ल्याएका छन् ।
मोरङ-१ मा रास्वपाका यज्ञमणिको अग्रता कायमै, पछ्याइरहेको छ श्रम संस्कृतिले
काठमाडौं । मोरङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै गरेको छ । ८ हजार ९८२ मत गणना गर्दा रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपानेले ३ हजार ३९५ मत पाएका छन् भने श्रम संस्कृति पार्टीका शान्ति पाख्रिन लामाले २ हजार ३९ मत पाएकी छन् ।
प्रचण्डको फराकिलो अग्रता, कुन उम्मेदवारको कति मत ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा रुकुम पूर्मा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फराकिलो अग्रता कायम गरेका छन् । सुरुवातदेखि नै अग्रता लिएका प्रचण्डले हालसम्म प्राप्त मतपरिणाम अनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछि पारेका हुन् ।
पछिल्लो मतगणनाको तथ्याङ्क अनुसार ‘पाँचकुने तारा’ चुनाव चिह्न भएका उम्मेदवार प्रचण्डले २ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वीका रूपमा नेपाली कांग्रेसकी उम्मेदवार कुसुम देवी थापा रहेकी छन् । ‘रुख’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी थापाले ९ सय १६ मत ल्याएकी छन् । पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीचको मतान्तर नै २ हजार ७३ रहेको छ ।
त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लिलामणी गौतम ५ सय ९२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । ‘घण्टी’ चुनाव चिह्न लिएर उठेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लखन कुमार थापाले भने २ सय ८९ मत प्राप्त गरेका छन् ।
बारा–४ मा रास्वपा उम्मेदवार अन्सारीको सुरुवाती अग्रता
बारा । बारा ४ मा रास्वपाले सुरुवाती अग्रता कायम राखेको छ । रास्वपा उम्मेदवार रहबर अन्सारीले ९१८ मत ल्याउँदा नेकपा एमाले उम्मेदवार किसान श्रेष्ठ ३२७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेस उम्मेदवार श्यामबाबु गुप्ताले ५२, जसपा उम्मेदवार सन्जु साहले ६१ र नेकपा उम्मेदवार अजय कुशवाहाले ५४ मत प्राप्त गरेका छन् ।
हाल कलैया उपमहानगरको वडा नं १७ गणना भइसकेको छ । यो निर्वाचन क्षेत्रमा ३८ वटा वडा रहेको छ ।
बिहीबार सम्पन्न चुनावमा ५८.०७ प्रतिशत मतदान, कुन जिल्लामा कति खस्यो मत ?
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५८.०७ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको तथ्यांक अनुसार जिल्लाबाट प्राप्त मौखिक तथा लिखित विवरणलाई आधार मानेको हो ।
कुल मतदाता एक करोड ८९ लाख ३ हजार ६८९ रहेकोमा एक करोड ९७ लाख ७ हजार ७११ मत खसेको थियो ।
प्रदेशगत तथ्यांक अनुसार कोशी प्रदेशमा ५८.६२ प्रतिशत, मधेश प्रदेशमा ५८.३९ प्रतिश, बागमीतमा ६०.९३ प्रतिशत, गण्डकी प्रदेशमा ५४.९२ प्रतिशत, लुम्बिनी प्रदेशमा ५९.१ प्रतिशत, कर्णालीमा ५५.६६ प्रतिशत र सुदूरपश्चिममा ५१.४० प्रतिशत मत खसेको थियो ।
यी हुन् रास्वपाले अग्रता बनाएका ४३ निर्वाचन क्षेत्र, कहाँ को ? [सूचीसहित]
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी लहर देखिएको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहर र अन्य जिल्लाहरूमा समेत ‘घण्टी’ चुनाव चिह्नमा मतदाताको आकर्षण देखिएको हो ।
रास्वपाले मतगणना अघि बढ्दै जाँदा आफ्नो अग्रता बढाएर ४३ स्थानमा पुर्याएको छ । परम्परागत राजनीतिक दलका शीर्ष नेताहरूलाई नै पछि पार्दै रास्वपाका उम्मेदवारहरूले सानदार मतका साथ अग्रता लिइरहेका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न ४३ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता कायम गरेका छन् ।
कालिकोटमा महेन्द्रको साढे ९ सयले अग्रता, प्रकाण्ड चौथो नम्बरमा
सुर्खेत । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही अन्य प्रतिस्पर्धी भन्दा साढे ९ सयले अगाडी छन् ।
कर्णालीका पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले पछिल्लो अपडेट अनुसार, ३७६२ मत प्राप्त गरेका छन् ।
यस्तै कांग्रेसका हर्षबहादुर बमले २८०९, एमालेका नगीन्द्र शाहीले २५६६ र नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १४६२ मत पाएका छन् ।
रास्वपाको उत्साहप्रद अग्रता
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ भने केहीमा मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
पछिल्लो विवरण अनुसार ५३ निर्वाचन क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले उत्साहजनक अग्रता बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणना जारी रहेका ५३ मध्ये ४२ क्षेत्रमा अग्रता बनाएको छ ।
दाङ-१ मा रास्वपा अगाडि
बुटवल । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवराज पाठकले अग्रता जारी गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६५११ मतगणना हुँदा रास्वपाका पाठकले ३ हजार ९५९ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १०१८मत पाएका छन्।
नेकपा एमालेका रेवतीरमण शर्माले ४५८ मत पाएका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मेटमणि चौधरीले ४७५ मत पाएका छन्।
रुकुम पूर्वमा प्रचण्डलाई सुरुवाती अग्रता, घण्टी चौथो
काठमाडौँ । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुरुवाती अग्रता कायम गरेका छन् ।
पछिल्लो मतगणना अनुसार प्रचण्डले १ हजार ४१५ मत प्राप्त गर्दा एमालेका लिलामणि गौतम ४३१ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै, काँग्रेसकी कुसुमदेबी थापा ४१७ मतसहित तेस्रो स्थानमा रहँदा रास्वपाका लखन कुमार थापाले १७६ मत ल्याएका छन् ।
चितवन ३ मा सोविता गौतमको अग्रता कायमै
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छिन् । रातिबाट सुरु भएको मतगणनामा गौतमले सुरुवाती अग्रता लिएकी थिइन् ।
उनले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन् भने उनलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहाले पछ्याइरहेकी छिन् । दाहालले १ हजार ७८६ मत पाएकी छिन् ।
एमाले उम्मेदवार शंकर थपलिया तेस्रो स्थानमा रहेका छन् । उनले ५३५ मत पाएका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङले २७६ मत सहित चौथो स्थानमा रहेका छन् ।
मोरङ–३ मा माटोको सुरुवाती अग्रता, सुनिल शर्मा दोस्रो
काठमाडौं । मोरङ–३ मा माटो चुनाव चिन्ह भएको श्रम संस्कृति पार्टी सुरुवाती अग्रता कायम गरेको छ ।
५०० मत गन्दा माटोले २१८ मत ल्याएको छ । दोस्रोमा रहेको रुखले ११९ मत, घण्टीले ११६ मत ल्याउँदा सूर्यले २८ मत प्राप्त गरेको छ ।
यो क्षेत्रबाट श्रम संस्कृति पार्टीबाट अमिर मगर, नेपाली काँग्रेसबाट सुनिल शर्मा र रास्वपाबाट गणेश कार्की उम्मेदवार छन् ।
चार निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनामा हालसम्म नेकपा (एमाले) का उम्मेदवारहरूले चार निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।
प्रारम्भिक मतपरिणामअनुसार तेह्रथुम–१ मा एमालेका भानुभक्त ढकाल १ हजार २६२ मतसहित अग्रस्थानमा छन्।
त्यस्तै स्याङ्जा–१ मा मिनप्रसाद गुरुङ १ हजार ९६०, रूपन्देही–४ मा प्रमोदकुमार यादव २ हजार ६९८ र बाँके–२ मा मोहम्मद इश्तियाक राई १ हजार ४८५ मतसहित अग्रता बनाइरहेका छन्।
कांग्रेसका दुई उम्मेदवारको अग्रता
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले दुई निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।
प्रारम्भिक मतपरिणामअनुसार ललितपुर–१ मा नेपाली कांग्रेसका उदय शम्शेर जंगबहादुर राणा ५२२ मतसहित अग्रस्थानमा छन्।
त्यस्तै मुस्ताङ–१ मा नेपाली कांग्रेसका योगेश गौचन थकाली ६८७ मतसहित अग्रता बनाइरहेका छन्।
चितवन २ मा रविको अग्रता कायमै, पछ्याउँदै एमाले
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार चितवन–२ मा रास्वपा सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन् ।
हालसम्म गणना भएको ६ हजार ६२३ मत मध्ये रास्वपा सभापति लामिछानेले २ हजार ८०१ मत पाएका छन् भने उनलाई एमालेका अस्मिन घिमिरेले पछ्याइरहेका छन् ।
घिमिरेले १ हजार २५९ मत पाउँदा नेकपाका उम्मेदवार प्रताप गुरुङले १ हजार १५६ र कांग्रेसकी मिना खरेलले ९१६ मत पाएकी छिन् ।
एसएमएसबाट यसरी लिन सकिन्छ प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम
काठमाडौं । डिजिटल सञ्चार समाधान प्रदायक कम्पनी ‘आकाश एसएमएस’ले प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम एसएमएसबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।
निर्वाचनको नतिजा आउने क्रममा समाचार वेबसाइटहरूमा हुने अत्यधिक चाप (ट्राफिक), इन्टरनेटको पहुँच नभएका स्थान वा स्मार्टफोन प्रयोग नगर्ने नागरिकलाई मध्यनजर गर्दै यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइलको ‘मेसेज बक्स’मा गएर एउटा सन्देश टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि मेसेज बक्समा EC <स्पेस> आफ्नो जिल्ला/क्षेत्रको नाम <स्पेस> क्षेत्र नम्बर टाइप गर्नुपर्नेछ । त्यसपछि उक्त सन्देशलाई ३१००३ मा पठाउनु पर्नेछ ।
काठमाडौँ–३ मा रास्वपाका पाण्डेको अग्रता
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
उक्त पार्टीका उम्मेदवार राजु पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिए ।
यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गरेका छन् ।
धादिङ–१ मा आशिकाको सुरुवाती अग्रता, एमाले तेस्रो
काठमाडौँ । धादिङ–१ मा आशाका तामाङले सुरुवाती अग्रता कायम गरेकी छिन् । रास्वपाकी उम्मेदवार तामाङले ५५४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डे ३३६ मतसहित दोस्रो स्थानमा छन् ।
त्यस्तै, एमालेका भूमि त्रिपाठीले २९५ मत ल्याउँदा कांग्रेसका कृष्ण रिजालले १०४ मत ल्याएका छन् ।
३ घण्टा पहिले
यी हुन् रास्वपाले अग्रता बनाएका क्षेत्रहरु (सूचीसहित)
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।
प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अगाडि छिन्। काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ र काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता बनाइरहेका छन्।
यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अघि छन्।
भक्तपुर १ मा सुवाल फराकिलो मतले पछि, रास्वपाको अग्रता
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रकेश रन्जितले ३४५२ मत ल्याएर फराकिलो अग्रता कायम राखेका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले १ हजार ९८२ मत ल्याएका छन् । त्यस्तै, नेपाली कांग्रेसका किरण न्यौपानेले ५२९ मत ल्याएका छन् ।
चितवन–२ मा रास्वपा सभापति लामिछानेले बढाए अग्रता
चितवन । प्रतिनिधिसभा अन्तर्गत चितवन–२ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । उनले हालसम्मको मतगणनामा २ हजार २५ मत सहित अग्रता बनाएका छन् भने उनलाई एमालेका अस्मिन घिमिरेले पछ्याइरहेका छन् ।
घिमिरेले १ हजार ६९ मत पाएका छन् । तेस्रो स्थानमा नेकपाका प्रताप गुरुङ रहेका छन् । उनले १ हजार १० मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार मिना खरेलले ६६८ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया