रुकुम । रुकुम पश्चिम– रुकुम पश्चिममा एकै घरका दुई दिदीबहिनीको शव फेला परेको छ भने एक अर्की किशोरी बेपत्ता रहेकी छन्। बाँफिकोट गाउँपालिका ३ भाग्लेस्थित सानीभेरी नदीमा सोही ठाउँकी १४ बर्षीया उर्मिला वली र १२ बर्षीया कल्पना वलीको शव मंगलबार फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनकाअनुसार उनीहरू एकै घरका दिदीबहिनी हुन्। उनीहरू नदीमा डुबिरहेको अवस्थामा स्थानीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक पुनका अनुसार करिब ५ सय मिटरको दुरीमा उनीहरूको शव फेला परेको हो। यस्तै स्थानीय १३ बर्षीया सपना वली बेपत्ता रहेकी छन्। उनको खोजी भइरहेको छ। उनीहरू सोमबार मुसिकोट नगरपालिका १ को भलखोलामा विवाहका लागि घरबाट निस्किएको र घर नफर्किएको बताइएको छ। उनीहरू कसरी नदीमा बगे भनेर पत्ता लागेको छैन।

प्रतिक्रिया