हृदयघातका कारण पोखराका पूर्वमेयर थापाको निधन

हृदयघातका कारण पोखराका पूर्वमेयर थापाको निधन


काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ । हृदयघातका कारण थापाको निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । पार्टी बैठकमा आज बोल्ने क्रममा ढलेका थापालाई उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।

अस्पतालमा उनलाई मृत घोषणा गरिएको हो । थापाले यस अघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन पोखरा उपमहानगरको प्रमुख र पछि गण्डकी प्रदेशसभा सदस्यलगायतको जिम्मेवारी सम्हालेका थिए ।