सारिकाले ल्याइन् ‘गुन भुल्यौ–२ साइला दाइ’

सारिकाले ल्याइन् ‘गुन भुल्यौ–२ साइला दाइ’


गायिका सारिका घिमिरेले नयाँ गीत ‘गुन भुल्यौ–२ साइला दाइ’ लिएर आएकी छन् । यसअघिको गीत ‘गुन भुल्यौ पित्तलको सुन पायौँ होला’को अपार सफलतापछि उनले सिक्वेलको रुपमा यो गीत ल्याएकी हुन् ।

सारिकाकै शब्द, संगीत, स्वर रहेको गीतको भिडियो पनि बनेको छ । जसमा सारिका, सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ । प्रेमविछोडको पीडा समेटिएको गीत माया गरेर भुलेर जानेका लागि गरिएको गुनासो भएको गायिका सारिका बताउँछिन् ।

अभिनेत्री समेत रहेकी सारिका पछिल्लो समय नियमित गीतसंगीत ल्याइएकी छन् । एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी उनले दर्जन हाराहारीका गीत बाहिर ल्याइसकेकी छन् ।