पूर्वपत्नी उषाको उजुरीपछि पक्राउ परे जीपी तिमल्सिना

पूर्वपत्नी उषाको उजुरीपछि पक्राउ परे जीपी तिमल्सिना


काठमाडौ । पूर्वमिस नेपाल रहेकी पूर्वपत्नी उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् । अभद्र व्यवहार लगायतको कसुरमा उषाले सोमबार भक्तपुर प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसैको आधारमा जीपी मंगलबार पक्राउ परेका हुन्।

उषाले जीपीविरुद्ध धम्की र कुटपिटको प्रयास गरेको आरोप पनि लगाएकी छिन्। जाहेरीपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । छलफलमा कुरा नमिलेपछि कानूनी प्रक्रियाअनुसार जीपीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । २०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो ।