काठमाडौ । आम निर्वाचनपछि नयाँ संसदको दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले संसदीय दलको नेता चयनमा ढिलाइ गरिरहेको छ । संसद अधिवेशन सुरु भएर चारवटा बैठक बसिसक्दा पनि कांग्रेसले अझै दलको नेता चयन गरेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो उपस्थिति रहेको यो संसदमा कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । ‘प्रमुख प्रतिपक्षी दलको नेता’ संवैधानिक रूपमा महत्वपूर्ण पद हो । यस पदमा बस्ने व्यक्तिले विशेष सेवा-सुविधा पाउने मात्र होइन, संवैधानिक परिषदको पदेन सदस्यको हैसियत पनि प्राप्त गर्छन् । संसदभित्र पार्टीको नेतृत्व गर्ने मुख्य जिम्मेवारीसमेत यो पदसँग जोडिएको छ ।
कांग्रेस सभापति गगन थापाले आफ्नो विश्वासपात्र व्यक्तिलाई नै संसदीय दलको नेता बनाउन चाहेका छन् । तर, दलभित्रको ज्येष्ठता र दावेदारीले यो प्रक्रिया जटिल बनेको छ । संसदीय दलको सबैभन्दा बलियो दावेदार ७८ वर्षीय अर्जुननरसिंह केसी हुन् । केसीको दावीलाई उपसभापति विश्बप्रकाश शर्माले भने स्वीकार गरेका छनैन ।
गगन समुह र देउवा समुहमा बिभाजित भै काँग्रेसमा देखिएको विबादपछि संवाद सुरु गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले दुवै पक्षलाई एकता कायम गर्ने प्रयाससँगै सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्न दबाब दिएका छन् । पार्टी एकताको सन्देश दिन पार्टीको संसदीय दलको नेता दुबै पक्षले स्वीकार गर्ने पात्र हुनुपर्ने भन्दै नेता कोइरालाले सांसद भीष्मराज आङ्देम्बेलाई अगाडी बढाएका छन् । कोइरालाले आफ्नो प्रस्तावमा छलफल गर्न देउवा पक्ष र गगन थापा पक्षलाई दबाब दिएको कांग्रेसका एक नेताले बिकास टाइम्सलाई बताए ।
ति नेताले भने-संसदीय दलको नेता भीष्मलाई बनाउन डाशेखर कोइराला कांग्रेसका दुवै पक्षसँग संवादमा सुरु गर्नूभएको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिका उपसभापति विश्वप्रकाश शर्माले पनि डा कोइरालाले अगाडी सारेका आङ्देम्बेलाई नै संसदीय दलको नेता बनाउन सभापति गगन थापालाई पटकपटक दबाब दिएका छन। शर्मा निकट श्रोतका अनुसार आङ्देम्बे बिद्यार्थी राजनिति देखि नै शर्मा निकट भएकाले शर्माले सभापति थापालाई दबाब दिएका हुन ।
जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले आफु संसदीय दलनेता बन्ने प्रस्ताव सार्वजनिक गरेसगै सभापति थापा गुट र पारिवारिक दुवै दबाबमा परेका छन्। थापाले उपसभापति शर्माको प्रस्तावलाई मौन समर्थन गर्दै उपसभापति पुष्पा भुसाल महामन्त्री द्वय गुरु घिमिरे,प्रदिप पौडेल र प्रवक्ता देवराज चालिसेलाई नेता केसीको संसदीय दलको नेता बन्ने अडान फिर्ता लिन आग्रह गर्न पठाएका थिए। तर नेता केसीले आफू नबने आफूले भनेको मानिस हुनुपर्ने अडान राखेका छन् सभापति गगन थापा निकट रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई केसीले प्रस्ताव गरेको बुझिएको छ। नेता केसी सभापति थापाको साथी भएकै कारण मोहन आचार्यको प्रस्ताव अगाडि बढाएका बताउदै श्रोतले भन्यो – “अर्जुनदाई डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई संसदीय दलको नेता बनाउन चाहनुहुन्छ”
त्यसैगरी नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कोशी प्रदेश आफ्ना बिश्वासपात्रका रुपमा चिनिएका काङ्ग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र जंग राईको दबाबमा वरिष्ठ नेता कोइरालाले प्रस्ताव गरेको नेता भीष्म आङ्देम्बेलाई संसदीय दलको नेता बनाउनेमा सहमति दिएका छन्। प्रदेश महामन्त्री राई आफ्ना जेठान आङ्देम्बेलाई दलको नेता बनाउन लामो समय देखि राजधानी नै बसेर नेताहरुसंग भेटघाटमा ब्यस्त रहेको बताइएको छ ।
१४ औं महाधिवेशनमा शेरबहादुर देउवाको समूहबाट सहममन्त्री बनेका आङ्देम्बेलाई देउवा पक्षको पनि समर्थन छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा र महामन्त्री गुरुराज घिमिरे भने भीष्म आङ्देम्बेको पक्षमा खुलेर बोलेका छैनन्। उपसभापति शर्मा भने भीष्म आङ्देम्बे रोकिए भने इलामबाट निर्वाचित निष्कल राईलाई संसदीय नेता बनाउने दाउमा बसेका छन्। संसदीय दलको अङ्कगणित हेर्दा विशेष महाधिवेशन भन्दा नियमित महाधिवेशन पक्षधरको मत ४ बढी भएको एक देउवा समूहका नेताले बताए ।

प्रतिक्रिया