काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र विद्रोह गरेर ‘परिवर्तन’ को नारा दिए पनि कांग्रेसका सबै पदाधिकारी निर्वाचनमा पराजित भएको बताएका छन् ।पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भने, “गगन थापाले विद्रोह गरेर परिवर्तन गर्यौँ भनेर हिँड्नुभयो, तर परिणाम के भयो ? कांग्रेसका प्रायः सबै पदाधिकारी प्रत्यक्ष निर्वाचनमा पराजित भए ।”
उनले मधेसवादी दलहरू राष्ट्रिय राजनीतिबाट लगभग हराएको पनि बताए । भदौ २३ र २४ गतेका घटनाका क्रममा उनीहरू सरकारमा रहे पनि प्रतिवाद नगरेको उल्लेख गर्दै पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वबाट अलग राख्ने नीतिका पक्षधरहरूमाथि भएको प्रहारलाई नबिर्सन आग्रह गरे । “यो कुरालाई बिर्स्यौं भने नेपालको राजनीतिलाई सही दिशा दिन सक्दैनौं,” उनले भने ।

प्रतिक्रिया