लेखा समितिको सभापतिमा कांग्रेसबाट भरत खड्का उम्मेदवार

लेखा समितिको सभापतिमा कांग्रेसबाट भरत खड्का उम्मेदवार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद खड्काले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ । खड्काको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी छन् ।

२०७४ सालमा भएको निर्वाचनमा डोटी-१ ‘क’ बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका उनी विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन् । गत निर्वाचनमा सभापति गगन थापाले टिकट दिएर पठाएपछि खड्का गत फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।