काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्बासी बस्ती वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक खाली गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । यसअघि थापाथली, मनोहरा तथा गैरीगाउँका सुकुम्बासी बस्ती खाली गरिएको थियो ।
प्रशासनले मानवीय रूपमा उद्धार गर्न एवं विपदको जोखिमलाई समेत मध्यनजर गरी बस्ती खाली गराउन लागेको जनाएको छ ।
सूचनामा भनिएको छ, “जिल्लाभित्रका विभिन्न पालिकाहरूका नदीकिनाराका बस्ती एवम् सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वामा जग्गासमेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसोबास भै आएका बस्तीहरू मानवीय रूपमा उद्धार गर्न एवम् विपदको जोखिमसमेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौं जिल्लाभरि मिति २०८३ वैशाख १८ गते बिहान ७:०० बजेदेखि एकैपटक विभिन्न स्थानहरूबाट सुरु हुनेछ ।”



प्रतिक्रिया