विनयराज पौडेलको निर्देशन रहने फिल्म ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ। शुक्रबार बिहान गुहेश्वरी मन्दिरमा फिल्मको स्क्रिप्ट पूजा गर्दै औपचारिक सुरुवात गरिएको हो ।
फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय रहने फिल्ममा बालकालकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि देखिनेछन्। क्षित बाबू प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने यस फिल्ममा गीत सुरेन्द्र राना र संगीतकार कर्णराज गिरी, कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शङ्कर महर्जनको रहनेछ।
फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल प्रा.लि.मार्फत दीपक दंगालले गर्नेछन्। कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन् । फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेको छन् ।

प्रतिक्रिया