काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सोमबारका लागि बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
कांग्रेसमा अहिले महाधिवेशनको तयारीको पहिलो चरण क्रियाशील सदस्यता नवीकरण, वितरण तथा अद्यावधिक चलिरहेको छ । तर, कांग्रेसको देउवा समूह र कोइराला समूहले भने क्रियाशील सदस्यता नवीकरणमा सहभागी नहुने बताएका छन् । क्रियाशील सदस्यता अद्यावधिक षड्यन्त्र रहेको देउवा समूहको निष्कर्ष छ भने कोइराला समूहले यो व्यवहारिक नहुने बताएको छ ।
तर कांग्रेस केन्द्रीय कार्यसमितिले भने क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य भनेको छ । देउवा समूह र कोइराला समूह क्रियाशील अद्यावधिक गर्न नआएपछि अब कांग्रेस कसरी अगाडि बढ्छ भन्ने चासोका बीच केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।


प्रतिक्रिया