नयाँ दिल्ली । भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशको विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरंग पैदा भएको छ। यसैबिच भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले भारतीय जनता पार्टी ९बीजेपी० माथि निर्वाचन आयोगको दुरुपयोग गरी नतिजा आफ्नो पक्षमा पारेको गम्भीर आरोप लगाएका छन्।
सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले असम र बंगालको निर्वाचन नतिजालाई लिएर टिप्पणी गरेका हुन्। उनले असम र बंगालमा बीजेपीले निर्वाचन आयोगको मद्दतले जनमत चोरी गरेको दाबी गर्दै आफू यस विषयमा ममता बनर्जीको भनाइसँग सहमत रहेको स्पष्ट पारेका छन्। गान्धीले पश्चिम बंगालमा मात्रै १०० भन्दा बढी सिटहरू धाँधली गरेर खोसिएको दाबी गरेका छन्। उनले निर्वाचनको यो शैली बीजेपीले पहिले पनि अपनाएको उल्लेख गर्दै मध्य प्रदेश, हरियाणा, महाराष्ट्र र सन् २०२४ को लोकसभा निर्वाचनमा पनि यस्तै भएको आरोप लगाएका छन्।
‘निर्वाचन चोरी र संस्थागत चोरी भएपछि अब अर्को के बाटो बाँकी रह्यो र१’ भन्दै उनले भारतीय लोकतान्त्रिक संस्थाहरूको निष्पक्षतामाथि प्रश्न उठाएका छन्। निर्वाचन नतिजा अनुसार पश्चिम बंगाल, असम र पुडुचेरीमा बीजेपीले जित दर्ता गरेको छ। पश्चिम बंगालमा बीजेपीले २०६ सिटसहित भारी बहुमत प्राप्त गर्दा सत्तारुढ तृणमूल कांग्रेस ९टीएमसी० ८१ सिटमा खुम्चिएको छ। त्यस्तै, कांग्रेस र लेफ्टले समान २–२ सिट मात्र प्राप्त गरेका छन्। असममा पनि बीजेपीले १०२ सिट जितेर आफ्नो पकड बलियो बनाएको छ भने कांग्रेसले २१ र एआईयूडीएफले २ सिटमा चित्त बुझाउनुपरेको छ।
अन्य राज्यहरूको नतिजा भने फरक देखिएको छ। केरलमा कांग्रेस नेतृत्वको यूडीएफ गठबन्धन विजयी भएको छ भने तमिलनाडुमा अभिनेता विजयको पार्टी ‘टिभीके’ सबैभन्दा ठुलो दल बनेर उदाएको छ।

प्रतिक्रिया