५ हजार ८ सयले बढ्यो सुन तोलामा

५ हजार ८ सयले बढ्यो सुन तोलामा


काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा पाँच हजार ८०० र चाँदी १७५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ५५ रुपैयाँ कायम भएको छ ।

हिजो मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ८८० रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।