काठमाडौँ ।
देशका धेरै ठाउँमा भाेलि बुधबारसम्म झरी पर्ने सम्भावना रहेकाे माैसमविद्ले बताएकाे छन् । आज काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।
याे क्रम भाेलिसम्म कायम रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार पश्चिममा भन्दा पूर्वमा धेरै वर्षा हुनेछ। काठमाडौं उपत्यकामा भने बिहान १०–११ बजेपछि वर्षा रोकिने र दिउँसो फेरि बदली र वर्षा हुने अनुमान छ ।
आज राति कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै भाेलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना छ भने राति देशभर आंशिक देखि सामान्य बदली रहने बताइएकाे छ ।
कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना छ भने बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका १-२ स्थानमा भारीवर्षाको समेत सम्भावना छ ।
प्रतिक्रिया