४५ जिल्ला क्रिकेट संघहरूलाई २ लाख रुपैयाँ दिने क्यानको निर्णय

४५ जिल्ला क्रिकेट संघहरूलाई २ लाख रुपैयाँ दिने क्यानको निर्णय


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ४५ जिल्ला क्रिकेट संघहरूलाई २ लाखको दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगबाट प्राप्त आम्दानीबाट सम्पूर्ण ४५ जिल्ला क्रिकेट संघहरूलाई २ लाखको दरले रकम उपलब्ध गराउने निर्णय गरिएको क्यानले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

आज विराटनगरमा सम्पन्न नेपाल क्रिकेट संघको वार्षिक साधारण सभाले सो निर्णयहरू गरेको प्रवक्ता छुम्बी लामाले जनाएका छन्।