नेम्वाङकाे अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

नेम्वाङकाे अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने


काठमाडाैँ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि राष्ट्रिय सम्मानसहित गरिने भएकाे छ ।

यसका लागि निर्णय गर्न केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेम्वाङकाे अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने र यसबारे क्याबिनेटले निर्णय गर्ने जानकारी दिए ।

नेकपा (एमाले) का उपाध्यक्ष एंव प्रतिनिधिसभाका सदस्यसमेत रहेका अध्यक्ष नेम्वाङको सोमबार राति हृदयघातका कारण मृत्यु भएको थियो ।

नेम्वाङको अन्तिम संस्कार भने हाल अस्ट्रेलियामा रहेका छोरा स्वदेश फर्केपछि मात्रै गरिनेछ । छोरा नेपाल फर्केपछि मात्रै अन्तिम संस्कार गरिने भएकाले नेम्वाङको पार्थिव शरीर केन्द्रीय कार्यालयमा राखिनेछ ।

एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।